दफा ३
आयोगको स्थापना
(१) नेपालमा विश्वविद्यालयको सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदान रकमको समुचित तवरले वितरण गर्न तथा विश्वविद्यालयमा शैक्षिक स्तर निर्धारण गरी गुणस्तरयुक्त शिक्षा प्रदान गर्न समेतको लागि एक विश्वविद्यालय अनुदान आयोगको स्थापना हुनेछ ।
(२) आयोगलाई अंग्रेजी भाषामा “युनिभर्सिटी ग्राण्ट्स कमिसन” भनिनेछ ।
(३) आयोगको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।